
६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गरेको बताएका छन् ।
बीपी संग्रहालय सुन्दरीजलमा मंगलबार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा महेन्द्रले राजमार्गको निर्माण गरेपनि कल्पना बीपीको रहेको बताए ।
नेता कोइरालाले अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको बताए ।
नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको दाबी गर्दै देशको लागि बीपी गरेको काम जति अरू कसैले पनि गर्न नसकेको जिकिर गरे ।
‘अहिले सुन्दरीजल आउँदा धेरै परिवर्तन भएको महसुस भयो । बीपी सम्झिँदा आँशु आउँछ’ उनले भने, ‘उहाँले जति देशको लागि गर्नुभयो, मलाई लाग्छ कसैले पनि त्यति गरेको छैन । १२—१४ वर्ष त जेल बस्नुभयो ।’
उनले थपे, ‘भारतमा आन्दोलनमा जेल बस्नुभयो । पूर्व—पश्चिम राजमार्गको कल्पना सायद बीपीले गर्नुभएको थियो । हुनतः महेन्द्र सरकारले गर्नुभयो । तर कल्पना बीपी कोइरालाको थियो ।’
सांसद कोइरालाले विकासका लागि बीपी कोइरालाले धेरै काम गरेको बताए ।
प्रतिक्रिया 4