
News Summary
Generated by OK AI. Editorially reviewed.- सौन्दर्य प्रतियोगिता 'फेस अफ नेपाल २०२५' मा पुरुषतर्फ सौगात प्रधान र योगेश शर्मा तथा महिलातर्फ सदीक्षा श्रेष्ठ र दिव्यश्वरी आचार्य विजेता घोषित भएका छन्।
- विजेताले अक्टोबरमा दक्षिण कोरियामा आयोजना हुने 'फेस अफ एसिया' मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
- राष्ट्रिय निर्देशक मेनुका माझीले यसवर्ष पनि प्रतिनिधिले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति दिने आशा राख्नुभएको छ।
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल २०२५’ चारजना विजेता घोषित भएका छन् । हायात रिजेन्सीमा आयोजित फिनालेमा ती विजेता छनोट गरियो ।
छनोट हुनेमा पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा छन् भने महिलातर्फबाट सदीक्षा श्रेष्ठ र दिव्यश्वरी आचार्य छन् ।
चारैजना विजेताले दक्षिण कोरियामा अक्टोवरमा आयोजना हुने ‘फेस अफ एसिया’मा मुलुकको प्रतिनिधित्व गर्नेछन् । राष्ट्रिय निर्देशक मेनुका माझीले यसवर्ष पनि प्रतिनिधिले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रस्तुति दिने आशा राखिन् ।
फिनालेमा पेजेन्टकी अन्तर्राष्ट्रिय निर्देशक राउल इनली उपस्थित थिइन् । फिनालेको जजमा अन्तर्राष्ट्रिय निर्देशक राउलसँगै कलाकार रीमा विश्वकर्मा, पूर्वमिस नेपाल माल्भिका सुब्बा, फिल्म निर्देशक सरोज पौडेल लगायत थिए ।
कोरियोग्राफरमा रुपमा दिक्पाल कार्की थिए भने स्मिता भुसाल र बिशाल श्रेष्ठ सहायक कोरियोग्राफर थिए ।
प्रतिक्रिया 4