+
+
Shares
हलिउड :

‘फाइनल डेस्टिनेसन’ बन्यो २०२५ मा नेपालमा धेरै कमाउने हलिउड फिल्म, दोस्रोमा ‘सुपरम्यान’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन ५ गते सोमबारसम्मको कमाइ हेर्दा ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’को कमाइ माथि छ ।
  • टम क्रुजको \'मिसन इम्पोसिबल ८\', स्कारलेट जोहान्सनको \'जुरासिक वर्ल्ड : रिबर्थ\', ब्राड पिटको \'एफ वन\' र \'सुपरम्यान\' हाल प्रदर्शनमा छन्।
  • साउन ५ गतेसम्म \'सुपरम्यान\'ले १ करोड २१ लाख, \'जुरासिक वर्ल्ड : रिबर्थ\'ले १ करोड ११ लाख, \'मिसन इम्पोसिबल\'ले ९९ लाख ५९ हजार र \'एफ वन\'ले ६५ लाख ८१ हजार कमाएको छ।

काठमाडौं । नेपालका हलमा अहिले हलिउड फिल्मको दबदबा छ । अंग्रेजी फिल्मले पछिल्लो महिनामा यहाँ उत्कृष्ट कमाइ गरिरहेका छन् ।

टम क्रुजको ‘मिसन इम्पोसिबल ८’, स्कारलेट जोहान्सनको ‘जुरासिक वर्ल्ड : रिबर्थ’, ब्राड पिटको ‘एफ वन’ र डीसी ब्रम्हाण्डको सुपरहिरो फिल्म ‘सुपरम्यान’ नेपालमा अहिले चलिरहेका छन् ।

यी चार फिल्मले यतिबेला हलिउडलाई सुस्त ब्यापारबाट उद्दार गरिएको ठानिएको छ । ‘सैयारा’ रिलिज हुनुअघि भारतीय बक्सअफिसमा त यी ४ फिल्मले वर्चस्व नै कायम गरे ।

विशेषगरि जेठ र असार महिनामा ५ हलिउड फिल्मले नेपाली बक्सअफिसमा सुखद कमाइ गरे । चलचित्र विकास बोर्डको बक्स अफिसअनुसार साउन ५ गते सोमबारसम्मको कमाइ हेर्दा यी चारमध्ये ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’को कमाइ माथि छ ।

यो फिल्मले अहिलेसम्म नेपालको बक्सअफिसमा १ करोड ५७ लाख रुपैयाँ कमाएको छ ।

टम क्रुजको एक्सन थ्रीलर ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’ले ९९ लाख ५९ हजार नेरु कमाएको छ । ब्राड पिटको ‘कार रेसिङ ड्रामा’ एफ वनले ६५ लाख ८१ हजार कलेक्सन गरेको छ ।

‘जुरासिक वर्ल्ड : रिबर्थ’ले १ करोड ११ लाख र ‘सुपरम्यान’ले १ करोड २१ लाख ग्रस कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?