
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ, जसमा गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा प्रस्तुत गरिएको छ।
- दयाहाङ राईले लाहुरेको भूमिका निर्वाह गरेका छन् र फिल्मको कथा त्रिकोणात्मक हुनसक्ने अनुमान छ।
- फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् र भदौ २० गतेदेखि प्रदर्शन तयारीमा छ।
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘रिमै’को टिजर सार्वजनिक भएको छ । कबड्डी, जारी र मनसराजस्ता फिल्मका लेखक उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्मले गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा पेश गर्छ ।
टिजरमा फिल्मका शीर्ष कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, अर्पण थापा, बुद्धि तामाङ, माओत्से गुरुङ लगायतलाई चित्रण गरिएको छ । टिजरले कथावस्तुबारे विस्तृत खुलाएको त छैन तर, यसको मनोविज्ञान र सारलाई भने संकेत गरेको छ ।
यसको कथा त्रिकोणात्मक हुनसक्ने अनुमान गर्न सकिन्छ । गाउँकी गुरुङ युवती धनरुपालाई विवाह गरेर विदेशिएको लाहुरे गाउँ फर्किएको सन्दर्भ यसमा छ । दयाहाङले लाहुरेको भूमिका निर्वाह गरेका छन् ।
यो फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । माथिल्लो गोरखामा छायांकन गरिएको फिल्मले ग्रामीण सौन्दर्यलाई चित्रण गरेको छ । ‘कबड्डी’ श्रृंखलामा रुचाइएको दयाहाङ र रिश्माको जोडीले यो फिल्ममा पनि जोडी बाँधेका छन् । गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिम्ल्स प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो । ‘रिमै’ भदौ २० गतेदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4