+
+
Shares

युट्युबले हटायो ट्रेन्डिङ पृष्ठ, नेपाली संगीतमा कस्तो प्रभाव पर्ला ?

यसका केही सकारात्मक प्रभाव पनि हुने देखिन्छ । ट्रेन्डिङ पृष्ठ हटाइँदा कलाकारले अब नौटंकी र प्रचारको माध्यम अँगाल्ने चलनको पछि लाग्नुको सट्टा दीर्घकालीन दर्शक अवधारण र गुणस्तरमा बढी ध्यान केन्द्रित गर्न सक्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युट्युबले सोमबारदेखि ट्रेन्डिङ पृष्ठ हटाएको छ र निकट भविष्यमा विशेष क्याटेगोरी पृष्ठ सिर्जना गर्ने योजना छ।
  • ट्रेन्डिङ पृष्ठ हटाउँदा नयाँ नेपाली संगीतकर्मी र स्वतन्त्र कलाकारको गीत दर्शकसामु लैजान कठिन हुने देखिन्छ।
  • ट्रेन्डिङ पृष्ठ हटाउँदा कलाकारले दीर्घकालीन दर्शक अवधारण र गुणस्तरमा बढी ध्यान दिने सम्भावना छ र पेड प्रमोसनमा वृद्धि हुनसक्छ।

काठमाडौं । युट्युबले सोमबारदेखि ट्रेन्डिङ पृष्ठ हटाएको छ । निकट भविष्यमा विशेष क्याटेगोरी पृष्ठ सिर्जना गर्ने योजना युट्युबको छ ।

ट्रेन्डिङ पृष्ठ हटाउँदा नेपालसहित विश्व संगीत क्षेत्रमै प्रभाव पर्ने विश्लेषण गरिएको छ । गीतको प्रवर्धन गर्न होस् र दर्शकसामु पहुँच तुल्याउन, ट्रेन्डिङ पृष्ठको खास महत्व हुने गथ्र्यो ।

ट्रेन्डिङ पृष्ठ हटाउँदा यसको सकारात्मक र नकारात्मक दुबै खाले प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ । ट्रेन्डिङ पृष्ठ नहुँदा तत्काल दर्शकसँग पहुँच तुल्याउन मुस्किल हुने देखिन्छ ।

विशेषगरि नयाँ नेपाली संगीतकर्मी आफ्ना गीतलाई दर्शकसामु लैजान ट्रेन्डिङमा निर्भर हुन्थे । गीतको ट्रेन्डिङ सफलता र चर्चाको मानकदेखि समाचारको शीर्षक समेत बन्थ्यो ।

नेपाली फिल्मले पनि ट्रेन्डिङअनुसार नै गीत प्रचार गर्थे । गीतको तात्कालिक लोकप्रियता मापन गर्ने एउटा सूचक ट्रेन्डिङ पृष्ठ थियो ।

प्रशंसकले ट्रेन्डिङको गीतलाई पटक पटक हेर्थे र सेयर गर्थे । ट्रेन्डिङ भन्ने शब्द बिना प्रवर्धन प्रभावित हुनसक्ने देखिन्छ । अर्कोतर्फ बजार रणनीतिलाई पनि यसले अवरोध तुल्याउने निश्चित छ ।

नेपालका केही म्युजिक उत्पादन कम्पनी र संस्थाले ट्रेन्डिङको माहोल हेरेर गीत रिलिज पनि गर्थे । यसले रिलिजको क्यालेन्डर प्रभावित हुने देखिन्छ । यसले प्रवर्धन रणनीतिको आयाम बदलिने देखिन्छ ।

विशेषगरि, स्वतन्त्र कलाकार र संगीतकर्मीको ‘लन्चप्याड’ प्रभावित बन्ने देखिन्छ । किनभने, ट्रेन्डिङमा आउने अधिकांश गीतमा स्वतन्त्र कलाकारकै अधिक हिस्सा हुने गथ्र्यो ।

ट्रेन्डिङ पृष्ठ स्वतन्त्र कलाकारलाई मेनस्ट्रिमसँग जोड्ने एउटा पुल पनि थियो । पृष्ठ हटाउँदा अब ठूला संगीत उत्पादन कम्पनीको प्रभुत्व पुनः देखिन सक्छ ।

अहिलेको रियल टाइममा नेपाली दर्शक र श्रोताले कुन गीत सुनिरहेका छन् भन्ने हेर्ने ऐना थियो ट्रेन्डिङ पृष्ठ ।

यसका केही सकारात्मक प्रभाव पनि हुने देखिन्छ । ट्रेन्डिङ पृष्ठ हटाइँदा कलाकारले अब नौटंकी र प्रचारको माध्यम अँगाल्ने चलनको पछि लाग्नुको सट्टा दीर्घकालीन दर्शक अवधारण र गुणस्तरमा बढी ध्यान केन्द्रित गर्न सक्छन् ।

जनरा विशेष गीतका दर्शक संख्यामा वृद्धि हुने देखिन्छ । अबदेखि ट्रेन्डिङमा आउनुपर्छ भन्ने भाइरल मनोविज्ञान र दबाबभन्दा कलाकार निश्चित जनरा र दर्शकीय समुदायमा केन्द्रित रहेर आत्मपरक गीतको सिर्जनामा केन्द्रित हुने देखिन्छ ।

युट्युबले ट्रेन्डिङ हटाउँदा नेपाली कलाकार स्पोटीफाई, रिल्स, टिकटकसहित अन्य प्लाटफर्ममा धेरै केन्द्रित हुने अनुमान गर्न सकिन्छ । अर्कोतर्फ, गीतको पेड प्रमोसनमा वृद्धि हुनसक्छ ।

युट्युबले ट्रेन्डिङ पृष्ठ सन् २०१५ देखि सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?