+
+
Shares

सत्तामै भएकै आधारमा अतिरिक्त सुविधा पाउनुहुँदैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तामा भएकै आधारमा अतिरिक्त सुविधा पाउन नहुने बताएका छन्।
  • थापाले भ्रष्टाचार गर्ने व्यक्तिले त्यसको भारी स्वयंले बोक्नुपर्ने र पार्टीले दोष बोक्न नसक्ने बताए।
  • उनले कानुनको शासन भएको देशमा कानुनले जे भन्छ त्यही ठहरिनुपर्ने र गलतलाई गलत भन्नुपर्ने बताए।

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तामा भएकै आधारमा अतिरिक्त सुविधा पाउन नहुने बताएका छन् ।

बलियो, शक्तिशाली वा सत्तामा बसेको भएपनि गलत गरेको भए गलतै हुने उनले बताए । बीपी स्मृति दिवसका अवसरमा चितवनमा मंगलबार बोल्दै महामन्त्री थापाले भने,‘अतिरिक्त सुविधा प्राप्त गर्नु पर्छ भन्ने होइन, चाहे जोसुकै होस् शक्तिशाली होस्, सत्तामा बसेको मान्छे होस्, बलियो मान्छे होस् गलत गलतै हुन्छ,सही सही नै हुन्छ भनेर भन्ने कांग्रेस पार्टीको यो दृष्टिकोण दायाँ बायाँ कहिले पनि हुनुहुन्न ।’

सार्वजनिक ओहदामा बसेको व्यक्तिले भ्रष्टाचार गरे त्यसको भारी व्यक्ति स्वयंले बोक्नुपर्ने महामन्त्री थापाको भनाइ छ । पार्टी र कार्यकर्ताले उसको दोषको भारी बोक्न नसक्ने बताए ।

‘कानुनको शासन भएको देशमा कानुनले जे भन्छ त्यही ठहरिन्छ त्यही हुनुपर्छ, बीपी कोइरालाले सिकाएको कुरा यही नै हो,’ थापाले भने, ‘वैयक्तिक जीवन होस् चाहे पार्टी जीवनमा, म त्यो बेलामा गलत ठाउँमा छु भने तपाईले मेरो संरक्षण गर्ने होइन, तपाईंले मेरो वकालत गर्ने पनि होइन, तपाईले कांग्रेस भएको कारणले गर्दा यसले अतिरिक्त सुविधा प्राप्त गर्नु पर्छ भन्ने पनि होइन’, उनले भने ।

थापाले २०८४ को चिन्ता नगर्न कार्यकर्तालाई आग्रह गरे । चुनावको चिन्ता भनेको लोभी हुनु भएको अर्थ्याउँदै थापाले लोभी भए धेरै कुरा गर्न नसकिने बताए ।

‘सत्यको पक्षमा उभिने हो, ठिकलाई ठिक बेठिकलाई बेठिक भन्ने हो, सहीलाई सही गलतलाई गलत भन्ने हो,’ थापाले भने, ‘हाम्रा गल्तीहरुलाई स्वीकार गरौं , हाम्रा कमजोरीहरुलाई स्वीकार गरौं, आफुलाई सच्याउँ, सच्याउने ठाउँमा घर भित्रको फोहोर पनि सफा गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?