+
+
Shares

परराष्ट्रमन्त्री डा. राणासँग इजरायली राजदूतको भेट, के भयो कुराकानी ?

भेटमा द्विपक्षीय सम्बन्ध विस्तारसँगै आपसी हित तथा कृषि प्रविधि र शैक्षिक सहकार्यमा थप समझदारी र कार्यक्रम सञ्चालन गर्ने विषयमा कुराकानी भएको उनले उल्लेख गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ६ गते २२:१०
Photo Credit : परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको फेसबुक पेज।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले इजरायली राजदूत श्मुलिक आरिए बाससँग नेपाल–इजरायल सम्बन्ध सुदृढ गर्ने विषयमा भेटवार्ता गरेकी छन्।
  • भेटमा कृषि, शिक्षा, प्रविधि र विकासमा सहकार्य बढाउने तथा साझा विश्वव्यापी चासोका विषयमा छलफल भएको मन्त्री डा. राणाले बताइन्।
  • नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भइसकेको छ र हाल इजरायलमा ५५०० भन्दा बढी नेपाली छन्।

६ साउन, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले नेपालका लागि इजरायली राजदूत श्मुलिक आरिए बास्‌सँग भेटवार्ता गरेकी छन् । परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने विषयमा कुराकानी भएको मन्त्री डा. राणाले जानकारी दिइन् ।

भेटबारे मंगलबार बेलुकी सामाजिक सञ्जालमा पोस्ट गर्दै मन्त्री डा. राणाले लेखेकी छन्, ‘इजरायलका राजदूत महामहिम श्मुलिक एरिए बाससँग शिष्टाचार भेट भयो, नेपाल–इजरायल सम्बन्ध सुदृढ बनाउने, कृषि, शिक्षा, प्रविधि र विकासमा सहकार्य बढाउने तथा साझा विश्वव्यापी चासोका विषयमा छलफल गरियो ।’

भेटमा द्विपक्षीय सम्बन्ध विस्तारसँगै आपसी हित तथा कृषि प्रविधि र शैक्षिक सहकार्यमा थप समझदारी र कार्यक्रम सञ्चालन गर्ने विषयमा कुराकानी भएको उनले उल्लेख गरेकी छन् ।

नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भएको छ । पछिल्ला वर्षहरूमा इजरायली प्रविधिबाट नेपाली कृषकलाई तालिम दिने, श्रमिक पठाउने लगायतका कार्यक्रममा दुई देशबीच सहकार्य हुँदै आएको छ । हाल इजरायलमा ५५०० भन्दा बढी नेपालीहरु रहेको सरकारी तथ्याकं छ ।

युद्धग्रस्त क्षेत्र इजरायलमा नेपालीको सुरक्षाबारे चिन्ता व्यक्त हुँदै आएको छ । पछिल्लो भेटमा सो बारे कुरा भए नभएकोबारे भने मन्त्री डा. राणाले केही उल्लेख गरेकी छैनन् ।

परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको फेसबुक पेज।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?