+
+
Shares
संगीत :

‘हेभी मेटल’ का पिता ओजी ओस्बोर्नको निधन, विश्व संगीत स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वचर्चित सांगीतिक समूह ब्ल्याक सब्बाथका प्रमुख गायक ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ।
  • ओस्बोर्नले आफ्नो गृहनगर बर्मिंघममा ब्ल्याक सब्बाथसँग ‘ब्याक टु द बिगिनिङ’ नामक कन्सर्टमा प्रस्तुति दिएका केही हप्तापछि निधन भएको हो।
  • उनको परिवारले निधनको खबर सार्वजनिक गर्दै पारिवारिक गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ।

काठमाडौं । विश्वचर्चित सांगीतिक समूह ‘ब्ल्याक सब्बाथ’का प्रमुख गायक तथा रियालिटी टिभी स्टार ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ ।

उनी ‘हेभी मेटल’ संगीतका गड्फादरको रुपमा समेत चर्चित छन् ।

‘हाम्रा प्रिय ओजी ओस्बोर्नको आज बिहान निधन भएको खबर हामीलाई हामीले भन्नुपर्ने शब्दहरूभन्दा धेरै दुःखको छ’ ओस्बोर्नको परिवारले विज्ञप्तिमा भनेको छ, ‘उनी परिवारसँगै थिए र मायाले घेरिएका थिए । हामी यस समयमा सबैलाई हाम्रो पारिवारिक गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं ।’

उनको मृत्युको कारण भने तत्काल खुलाइएको छैन ।

ओस्बोर्नले आफ्नो गृहनगर इङ्ल्याण्डको बर्मिंघममा सांगीतिक समूह ‘ब्ल्याक सब्बाथ’सँग प्रस्तुति दिएको केही हप्तापछि यो खबर आएको हो, जहाँ उनी बासिस्ट गीजर बटलर, ड्रमर बिल वार्ड र गिटारवादक टोनी इओमी लगायत ब्यान्डमेटहरूसँग धेरैपछि पुनर्मिलन भएर प्रस्तुति दिएका थिए ।

यो कार्यक्रम ‘ब्याक टु द बिगिनिङ’ नामक कन्सर्ट कार्यक्रम थियो र दुई दशकमा ‘ब्ल्याक सब्बाथ’को पहिलो प्रस्तुति थियो । ‘ब्ल्याक सब्बाथ’को आधिकारिक वेबसाइटका अनुसार यसलाई ओस्बोर्नको ‘अन्तिम वाण’को रुपमा प्रचार गरिएको थियो ।

‘ब्ल्याक सब्बाथ’को चर्को र उदास संगीत, ट्राइटोनको प्रयोगबाट उत्पन्न शैतानी आभा, मध्य युगदेखि नै डेभिल संगीतप्रतिको प्रस्तुतिले सांगीतिक समूहलाई तुरुन्तै लोकप्रिय बनायो ।

समूहको दोस्रो एल्बम ‘प्यारानोइड’ सन् १९७० मा रिलिज भयो । यो एल्बम बेलायती एल्बम चार्टमा पहिलो स्थानमा पुग्यो । सन् २०१३ मा उनीहरूको एल्बम “१३“ रिलिज भयो ।

प्रायः हेभी मेटलका गडफादर भनेर चिनिने ओस्बोर्नले आफ्नो अर्को ‘उपाधि’, द प्रिन्स अफ डार्कनेस भनेर मन पराउँथे, जसलाई उनले आफ्नो ट्विटर खातामा प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?