+
+
Shares

द्वन्द्वपीडितसँग सरकार छलफलमै छ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार द्वन्द्वपीडितसँग छलफलमै रहेको बताएका छन्।
  • उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गर्ने गरी कानुन पारित भएको र आयोग गठन गरिएको स्मरण गराएका छन्।
  • सरकार शान्ति प्रक्रियासँग सम्बन्धित काम टुंग्याउने र पीडितलाई न्याय दिने विषयमा गम्भीर रहेको उनले बताए।

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार द्वन्द्वपीडितसँग छलफलमै रहेको बताएका छन् ।

प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रममा सांसद मैना कार्कीले संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको विषयमा जिज्ञासा राखेकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘द्वन्द्वपीडितसँग सरकार छलफलमै छ ।’

आफ्नो नेतृत्वमा सरकार बनेपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गर्ने गरी कानुन पारित भएको बताए । त्यसपछि आयोग गठन गरेका स्मरण गरे ।

‘आयोगले काम थालिसकेको छ’, प्रधानमन्त्री ओलीले भने ।

सरकार शान्ति प्रक्रियासँग सम्बन्धित काम टुंग्याउने काममा रहेको पनि उनले दोहोर्‍याए । सरकार पीडितलाई न्यायदिने विषयमा गम्भीर रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?