
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीले संसद्मा किशोरीको डिम्बको अवैध व्यापार विषय उठाएकी छन्।
- उनले १६ देखि १९ वर्ष उमेर समूहका किशोरीलाई प्रलोभनमा पारेर डिम्ब निकाल्ने काम भइरहेको उल्लेख गरिन्।
- उनले आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न र सरकारको कठोर निगरानी आवश्यक रहेको बताइन्।
७ साउन, काठमाडौं । किशोरीको डिम्बको अवैध व्यापार भइरहेको भनेर यो विषय संसद्मा उठेको छ ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीले यस विषयमा कुरा उठाएकी हुन् ।
किशोरीको डिम्ब ब्यापारको विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न उनको माग छ ।
१६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब निकाल्ने काम भइराखेको उल्लेख गर्दै उनले यो विषयमा सरकारको कठोर निगरानी आवश्यक रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4