+
+
Shares

रामेछापमा वडामै पुगेर राष्ट्रिय परिचय पत्र वितरण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ९:०५

८ असार, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबारदेखि वडामै पुगेर राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ ।

पछिल्लो समय सरकारी सेवासहित विभिन्न प्रशासनिक सेवामा अनिवार्य बनाउँदै लगिएको राष्ट्रिय परिचय पत्रको अफलाइन फोटो खिच्न र बनेका डिजिटल कार्ड वडा तहमै पुगेर वितरण थालिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।

रामेछापको सुनापति गाउँपालिका-५ बाट सुरु भएको अभियान जिल्लाभर सञ्चालन हुनेछ । पालिकामा दुई हजार २००  कार्ड वितरण गरिने प्रमुख जिल्ला अधिकारी थापाको भनाइ छ । ‘नागरिकहरूलाई घरदैलो मै सेवा दिनु पर्छ भने वडा तहमा जाने निर्णय गरेको हुँ, वडा तहमा जाने राष्ट्रिय अभियान नभए पनि रामेछापमामात्र सुरु भएको हो । एउटा वडामा कम्तीमा २/२ दिन बस्ने र नबनाएकाहरूको अफलाइन फोटो खिच्ने, बनेर आएका कार्ड वितरण गर्ने दुवै काम गर्छौं’, प्रमुख जिल्ला अधिकारी थापाले भने ।

बुधबार जिल्लाको सबै भन्दा कम वडा रहेको सुनापति गाउँपालिका-५, भीरकोटको वडा कार्यालयमा प्रजिअ थापासहित गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ, ५ नम्बरका वडा अध्यक्ष चित्रबहादुर मानन्धर लगायतको उपस्थितिमा कार्ड वितरण गरिएको थियो ।

सुनापति गाउँपालिकामा १० दिनमा अभियान सकेपछि रामेछाप नगरपालिकामा अभियान सञ्चालन हुनेछ । जिल्ला प्रशासन कार्यालयमा १७ हजार डिजिटल कार्ड (राष्ट्रिय परिचय पत्र’ बनेर आएको र ती कार्ड यो अभियानको क्रममा वितरण गरिने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?