
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'सैयारा'ले पहिलो साता भारतीय बक्सअफिसमा १५५ करोड रुपैयाँ कमाइ गर्यो।
- निर्माताले नेटफ्लिक्समा रिलिज मिति तिहारपछि सार्ने तयारी गरिरहेका छन्।
- फिल्म हाल ८०० पर्दाबाट २००० पर्दामा प्रदर्शन भैरहेको छ।
काठमाडौं । ‘सैयारा’ले बक्स अफिसमा यतिविधि कमाउला भनेर कसैले सोचेकै थिएन । भैदियो ठीक उल्टो ।
सबैलाई चक्मा दिँदै अहान पाण्डे र अनीत पड्डा स्टारर फिल्मले पहिलो साता भारतीय बक्सअफिसमा १५५ करोड भाइ कमाइ गर्यो ।
मोहित सुरी निर्देशित फिल्मले यतिबेला भारत, नेपालसहित विश्वभर उछाल कमाइ गरिरहेको छ । फिल्म हलमा उत्कृष्ट कमाइ गरिरहँदा निर्माताले ओटीटी रिलिज मितिलाई केही पछि सार्दैछन् ।
सामान्यताः हलमा रिलिज भएको ८ सातापछि मात्र भारतीय फिल्म ओटीटीमा आउने गर्छन् । तर, हलमै राम्रो चलिरहेकाले निर्माता कम्पनी यशराज ब्यानरमा नेटफ्ल्क्सि रिलिज मितिलाई केही पर सार्ने पक्षमा रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
स्रोतका अनुसार, निर्माताले फिल्मलाई नेटफ्ल्क्सिमा रिलिज गर्न ९० दिनको विन्डोको प्रतीक्षा गरिरहेका छन् । यो भनेको, आउँदो तिहार (दीपावली) अवसरमा फिल्म रिलिज गर्ने भन्ने हो ।
ओटीटीमा केही ढिला आउने भएपछि फिल्मले हलमै अझै राम्रो कमाइ गर्ने देखिन्छ । उच्च मागपछि अहिले पनि हलले शो संख्यामा वृद्धि गरिरहेका छन् । ८०० पर्दामा रिलिज भएको फिल्म अहिले २००० पर्दामा स्क्रिनिङ भैरहेको जनाइएको छ ।
यो फिल्मले हालै प्रदर्शनमा आएका ‘सिकन्दर’ र ‘हाउसफूल ५’ भन्दा पनि उत्कृष्ट कलेक्सन गरिरहेको छ ।
प्रतिक्रिया 4