
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा
९ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
बैठक बिहान ९ बजेका लागि बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।
साथै भूमि विधेयक, निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड सम्वन्धी व्यवस्थामा भएको गडबडी लगायत विषयमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4