
९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् ।
उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।
उनी निकट एक नेताका अनुसार एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् ।
साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।
राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ । तर विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् । त्यसका लागि देशव्यापी राजनीतिक अभियान चलाउने विद्याको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4