+
+
Shares

९ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ, जसमा ५ हाइड्रोपावर कम्पनी छन्।
  • कालिका पावरको मूल्य ६४८.२२ र बुटवल पावरको १०३३.२८ रुपैयाँ पुगेको छ।
  • नेपाल पुनर्बीमा, ट्रेड टावर, सांग्रिला डेभलपमेन्ट बैंक र सीईडीबी होल्डिङ्सको मूल्य पनि उच्च भएको छ।

९ साउन, काठमाडौं । सेयर बजारमा ९ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको छ । वितरित हकप्रद तथा बोनस सेयर पश्चात समायोजित मूल्य गणनापछि यी कम्पनीको मूल्य उच्च भएको हो ।

मूल्य उच्च भएका अधिकांश कम्पनी हाइड्रोपावर सेक्टरका छन् । ९ वटा कम्पनीमध्ये ५ वटा हाइड्रोपावर छन् । हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा कालिका पावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप तथा सान्भी इनर्जी छन् ।

यीमध्ये सान्भी हालै सूचीकृत भएको कम्पनी हो । बिहीबार बजार बन्द हुँदा कालिका पावरको मूल्य ६४८.२२, राधिको ८७०.५४, बुटवल पावरको १०३३.२८, ङादी ग्रुपको ४४६.०५ तथा सान्भीको ५७७.९० रुपैयाँ छ ।

हाइड्रोपावरबाहेक अन्य समूहका नेपाल पुनर्बीमाट्रेड टावर, विकास बैंक समूहको सांग्रिला डेभलपमेन्ट बैंक तथा लगानी समूहको सीईडीबी होल्डिङको मूल्य हालसम्मकै उच्च भएको हो । ट्रेड टावर हालै सूचीकृत कम्पनी हो ।

बिहीबार बजार बन्द हुँदा नेपाल पुनर्बीमाको मूल्य १५९८.९६, ट्रेड टावरको ६४८.२०, सांग्रिला डेभलपमेन्टको ४९३, सीईडीबीको २९३९.२१ रुपैयाँ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?