
News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउडको चर्चित फिल्म फ्रेन्चाइज 'एयर बड' को नयाँ फिल्म 'एयर बड रिटर्न्स' सन् २०२६ मा रिलिज हुने निश्चित भएको छ।
- 'एयर बड रिटर्न्स' रोबर्ट भिन्सले लेखन र निर्देशन गर्नेछन् र नयाँ फिल्म सिक्वेल र रिमेक नहुने बताए।
- फिल्म १२ वर्षका ज्याकबको वरिपरि केन्द्रित छ, जसले एयर बडको पुरानो टेप भेटेर गोल्डेन रिट्रिभर 'बडी' सँग बास्केटबल टोलीमा सामेल हुन्छ।
लस एन्जलस (अमेरिका) । ‘एयर बड्’ रिलिजको झण्डै ३ दशकपछि हलिउडको प्रिय कुकुर सन् २०२६ मा फिल्मको पर्दामा फर्किने निश्चित भएको छ ।
हलिउडको चर्चित फिल्म फ्रेन्चाइजका निर्माता सिनेभर्स र एयर बड इन्टरटेनमेन्टले फिल्म ‘एयर बड रिटर्न्स’ निर्माणको घोषणा गरेका छन् । यो श्रृंखलाको पछिल्लो फिल्म ‘एयर बड : गोल्डेन रिसिभर’ सन् १९९८ मा रिलिज भएको थियो ।
‘एयर बड रिटर्न्स’लाई रोबर्ट भिन्सद्वारा लेखन र निर्देशन गरिएको हो । उनले सबै एयर बड फिल्मको निर्माण गरेका थिए । उनले नयाँ फिल्म सिक्वेल र रिमेक नहुने बताए ।
नयाँ फिल्म १२ वर्षको ज्याकब नामक केटाको वरिपरि केन्द्रित छ, जो आफ्नो बुबाको मृत्युपछि फन्र्डेलमा रहेको बाल्यकालको घरमा सर्छ ।
उसले एयर बडको पुरानो टेप पत्ता लगाउँछ र एउटा गोल्डेन रिट्रिभर भेट्छ । जसलाई उसले ‘बडी’ नाम दिन्छ । दुई जना साथी बन्छन् र बास्केटबल टोलीमा सामेल हुन्छन् र आफ्नो च्याम्पियन बन्ने सपना पछ्याउँछन् ।
यो स्पोर्ट्स फिल्म फिल्म त्यसपछि सन् ९० को दशकका बच्चाहरूमाझ क्लासिक बनेको छ । विश्वभर रुचाइएको खेलकुद र जनावरको थिममा यो फिल्म बनेको छ । मित्रता, टिमवर्क र हिलिङको सन्देश यसले दिन्छ ।
सिनेभर्सका प्रमुख फिल्म अधिकृत योलान्डा मासियासले यो नयाँ फिल्म सन् ९० को दशकको अन्त्य र त्यतिबेलाको सम्झनामाथि आधारित हुनेछ । अहिलेका दर्शकले पनि त्यसलाई रुचाउने उनको विश्वास छ ।
आगामी गर्मीयाममा फिल्म छायांकन हुने र सन् २०२६ मा रिलिज हुने जनाइएको छ ।
प्रतिक्रिया 4