
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ र अर्को बैठक १९ साउन दिउँसो १ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए।
- शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भएको र यसमा बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ।
- सांसदहरूले ७२ घण्टाभित्र तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्ने व्यवस्था गरिएको छ।
९ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ ।
शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए ।
शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै अब ७२ घण्टाभित्र सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्दछन् ।
यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो ।
प्रस्तावित विधेयकमा तिलगंगा नेत्र विश्वविद्यालय नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको सम्पत्ति तिलगंगा नेत्र विश्वविद्यालयमा सार्ने लगायतका प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4