
९ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानीमा बाख्रा चराउने क्रममा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन् ।
चुरे जंगलमा बाख्रा चराउन गएका ८३ वर्षीय चन्द्र बहादुर बस्नेत भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
भालुको आक्रमणबाट बस्नेतको दायाँ हातको पाखुरो र औला तथा दायाँ खुट्टामा चोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीले जानकारी दिए ।
छिमेकी वीरबहादुर श्रेष्ठले घटनास्थलमै भेटेर उद्धार गरी घाइतेलाई साँझ दुधौली नगर अस्पताल ल्याइएको थियो । प्रारम्भिक उपचारपछि गम्भीर चोट भएकाले उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको अस्पतालले जनाएको छ ।
स्थानीय प्रशासनले वन क्षेत्रमा पशु चराउन जाँदा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4