+
+
Shares

काभ्रेको कुशादेवीमा मोटरसाइकल दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते १९:५५

१० असार, काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोकको पनौती नपा–३ कुशादेवीको बगुवामा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् र छोरा घाइते भएका छन् ।

कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा मोटरसाइकलमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् पनौती–५ का विजय थापा र छोरा पाँच वर्षीय बिएन्स सामान्य घाइते भएका छन् ।

चालक विजय थापाको देब्रे खुट्टाको गोलीगाँठोमा चोट लागेको छ भने ५ वर्षीय छोरा बिएन्सको निधारमाथि टाउकोमा चोट लागेको छ ।

दुवै जनाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ र उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी कुशादेवीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?