+
+
Shares
संगीत :

‘सैयारा’ को टाइटल गीत स्पोटीफाईको ‘ग्लोबल ट्रेन्डिङ’ को शीर्ष स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते २०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘सैयारा’को शीर्ष गीत स्पोटिफाईको ‘भाइरल ५० ग्लोबल’ सूचीमा नम्बर १ स्थानमा पुगेको छ।
  • संगीतकार तनिष्क बागचीले इन्स्टाग्राममा उक्त सफलता सार्वजनिक गर्दै मोहित सुरीलाई धन्यवाद दिएका छन्।
  • फिल्मले भारतीय बक्सअफिसमा ८ दिनमा १९३.७५ करोड भारु र नेपाली बक्सअफिसमा ३ करोड ७१ लाख नेरु कमाएको छ।

काठमाडौं । फिल्म ‘सैयारा’ले विगत दुई हप्तादेखि बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मको म्युजिक एल्बम सामाजिक सञ्जाल र दर्शकको ओठमा झुन्डिएको देखिन्छ । यो फिल्मका गीत विश्वभर रुचाइएको छ ।

अब फिल्मको नाममा अर्को रेकर्ड थपिएको छ । फिल्मको शीर्ष गीत लोकप्रिय म्युजिक प्लाटफर्म स्पोटिफाईको ग्लोबल ट्रेन्डिङको शीर्षस्थानमा समावेश भएको छ ।

स्पोटीफाईको ‘भाइरल ५० ग्लोबल’ सूचीमा यो गीत समावेश भएको हो । यो जानकारी फिल्मका संगीतकार तनिष्क बागचीले आफ्नो इन्स्टाग्राम पोस्टमा दिएका छन् । स्पोटिफाईको स्क्रिनसट सेयर गर्दै उनले इन्स्टाग्राममा लेखेका छन्- ’हामीले यो गर्‍यौं । सैयारा अब स्पोटिफाईको विश्वव्यापी भाइरल चार्टमा नम्बर १ छ । यो क्षण यो गीत महसुस गर्ने हरेक मुटुको धड्कनको हो । धन्यवाद मोहित सुरी सर, तपाईंको विचार र दृष्टिकोण बिना यो सम्भव हुने थिएन ।’

एनडीटीभीको समाचार अनुसार, अहान पाण्डे र अनित पड्डा अभिनित फिल्म ’सैयारा’को शीर्षक ट्रयाक स्पोटिफाईको शीर्ष ५० ग्लोबल चार्टमा पुग्ने पहिलो बलिउड गीत हो ।

फिल्ममा ६ वटा गीत छन् र सबै गीत स्पोटिफाई टप ५० इन्डियामा शीर्ष १० मा थिए । सबैभन्दा विशेष कुरा के हो भने सैयराको शीर्ष गीतले अमेरिकी र के–पप गीतलाई समेत पछाडि छोडेर आफ्नो स्थान बनाएको छ । ’सैयारा’को शीर्ष ट्रयाक गीतकार इर्शाद कामिलले लेखेका हुन् र कश्मीरी गायक फहीम अब्दुल्लाहले गाएका छन् ।

‘सैयारा’ले भारतीय बक्सअफिसमा ८ दिनसम्म १९३.७५ करोड भारु र नेपाली बक्सअफिसमा शुक्रबारसम्म ३ करोड ७१ लाख नेरु ग्रस कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?