+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

रुपन्देहीमा बालसुधार गृहका एक कैदीले गरे आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते २१:४९

१० साउन,बुटवल । रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहमा एकजना कैदीले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार दिउँसो करिब २ बजे बाल सुधार गृहमा २१ वर्षीय सन्दिप गोसाईले झुण्डिएर आत्महत्या गरेका हुन् ।

‘दिउँसो सुधारगृहमा रहेका कैदीहरुको गन्ती गणना गरी चेकजाँच गर्ने क्रममा सुधार गृहको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलामको पाइपमा नरिवलको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा गोसाईलाई फेला पारिएको हो’, डीएसपी सापकोटाले भने ।

गोसाई रुपन्देहीको सम्मरीमाई गाउँपालिका–४ का हुन् । नाइके समेत रहेका उनी जबरजस्ती करणी मुद्दामा कैदी जीवन कटाइरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?