+
+
Shares

कुलिङ पिरियडबारे ओली, प्रचण्ड र देउवासँग छलफल गर्दै संसदीय छानबिन विशेष समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री ओली, प्रचण्ड र देउवासँग कुलिङ अफ पिरियडबारे दुई प्रश्न सोध्ने तयारी गरेको छ।
  • प्रतिनिधि सभाले पारित गरेको संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको प्रावधानबारे विवाद भएपछि छानबिन समिति गठन गरिएको हो।
  • छानबिन समितिले साउन १९ गतेसम्म समय पाएको छ र शीर्ष नेतासँगको छलफलबाट राष्ट्रिय सभालाई सघाउने प्रतिवेदन तयार गर्नेछ।

११ साउन, काठमाडौं । कुलिङ अफ पिरियडबारे संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

तीन जना नेतासँग भेटेर सोध्ने गरी दुई प्रश्न तयार गरिएको छ ।

पहिलो : कुलिङ अफ पिरियडमा तपाईंको धारणा के छ ?

दोस्रो : यो समितिलाई के सुझाव दिन चाहनुहुन्छ ?

यी दुई प्रश्न सोध्ने र जे जवाफ दिन्छन् त्यो रेकर्ड गरेर प्रतिवेदनमा समावेश गर्ने तयारी समितिको छ ।

यसो गर्दा गर्दा शीर्ष नेताले कुलिङ पिरियडबारे जे धारणा दिन्छन् त्यसले राष्ट्रिय सभालाई समेत सघाउने छानबिन समितिको विश्वास छ ।

प्रतिनिधि सभाबाट पारित भएको संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा विचाराधीन छ ।

पारित भएको विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड निश्कृय हुने प्रावधान रहेको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन समिति बनाएर छलफल गरिरहेको छ ।

राष्ट्रिय सभाले पनि विधेयक अगाडि बढाएको छ । राष्ट्रिय सभामा कुलिङ पिरियडको प्रावधान नै नराख्ने भनेर समेत संशोधन परेका छन् । यस्तो संशोधन सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेकै सांसदहरूबाट परेको छ ।

यो अवस्थामा संसदीय छानबिन विशेष समितिले शीर्ष तीन नेतासँग छलफल गर्न लागेको हो ।

गत  असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।  समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् ।

समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।

नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।

समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय अपुग भएको बताएपछि गत शुक्रबार सात दिनको समय थप दिइएको छ ।

अब यही साउन १९ गतेसम्म छानबिन समितिले समय पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?