
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'माग्ने राजा' निर्माण घोषणा भएसँगै फस्टलुक, टिजर र गीत सार्वजनिक भई दर्शकको ध्यान तानेको छ।
- गीत 'म त सुतेर उठेको पैसामा' रिलिजको ५ दिनमै युट्युबमा २१ लाख भ्यूज पाएको छ।
- फिल्म भदौ ६ गतेबाट प्रदर्शन हुने तयारीमा छ र यसमा केदारप्रसाद घिमिरे मुख्य भूमिकामा छन्।
काठमाडौं । फिल्म ‘माग्ने राजा’ निर्माणको घोषणा भएसँगै चर्चामा छ । फस्टलुक, टिजर र गीत सार्वजनिक भएपछि यसका प्रवर्धन सामग्रीले दर्शकको ध्यान तानिरहेका छन् ।
केही दिन अघि सार्वजनिक गीत ‘म त सुतेर उठेको पैसामा’ बोलको गीतले युट्युबमा राम्रो भ्यूज पाएको छ । रिलिजको ५ दिनमै गीतले युट्युबमा २१ लाख भ्यूज पाएको छ ।
टिकटकमा पनि यो गीतमा भिडियो बनाउने उल्लेख्य छन् । ऋषि लामिछाने निर्देशित यो फिल्मको निर्मातामा मुनाल घिमिरे छन् ।
भदौ ६ गतेबाट प्रदर्शन तयारीमा रहेको यो फिल्ममा केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल लगायतको अभिनय छ । सामिप्यराज तिमिल्सिनाले पटकथा लेखेका हुन् ।
यसअघि आफ्ना फिल्म र सिरियलबाट दर्शकलाई रुवाउँदै आएका निर्देशक लामिछानेले यसपटक दर्शक हँसाउने तयारी गरेका छन् ।
फिल्मको टिजर र गीतसंगीतले दर्शकको उच्च साथ पाएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । फिल्मले समसामयिक कथालाई कमेडीको शैलीमा पेश गरेको छ ।
अधिकांश फिल्ममा सहायक कलाकारको रुपमा देखिएका कलाकार घिमिरे यसपटक मुख्य भूमिकामा छन् । यसले, पनि दर्शकका लागि उनको भूमिका विशेष हुने देखिन्छ ।
प्रतिक्रिया 4