+
+
Shares

प्याजको भाउ घट्यो, किलोको कति ?

दुई साताअघि प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १३:२२

११ साउन, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको तथ्यांकले प्याजको भाउ घटेको देखाएको हो ।

आज आइतबार कालीमाटी बजारमा प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ३८ रुपैयाँसम्म किनबेच भइरहेको छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३८ देखि अधिकतम ४० रुपैयाँसम्म किनबेच भएको थियो ।

यस्तै शुक्रबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि ३९ रुपैयाँमा किनबेच भएको थियो । दुई साताअघि प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।

अहिले बजारमा नेपाली र भारतीय दुवै प्याज किनबेच भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?