
११ साउन, काठमाडौं । सिजन सकिन लागेसँगै बजारमा आँपको मूल्य ह्वात्तै बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले आइतबार आँपको मूल्य बढेको देखाएको हो ।
कालीमाटी बजारमा अहिले मालदह, दसहरी र चोसा लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो थोकमा ४० रुपैयाँ बढेको छ । यस्तै दसहरी आँप प्रतिकिलो थोकमा ३५ र चोसा आँप प्रतिकिलो थोकमा १० रुपैयाँ बढेको छ ।
शनिबार मालदह र दसहरी आँप प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भएको थियो । आज मालदह आँप प्रतिकिलो १ सय ८० र दसहरी आँप प्रतिकिलो १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै चोसा आँप शनिबार प्रतिकिलो १ सय ५० रुपैयाँमा किनबेच भएकामा आज १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
साउन पहिलो साता आँप प्रतिकिलो औसतमा १ सय २५ रुपैयाँसम्म किनबेच भएको थियो ।
यस्तै असार दोस्रो साता भने मालदह आँप प्रतिकिलो ७६ रुपैयाँ र दसहरी आँप प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया 4