+
+
Shares

कांग्रेस महाधिवेशन ४ वर्षमा कहिल्यै भएको छैन, २०८३ को मंसिरअघि हुन्छ : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १३:३४

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताए ।

सिटौलाले कांग्रेस महाधिवेशन चार वर्षमा कहिल्यै नभएको भन्दै २०८३ को दशैंको सेरोफेरोमा हुने बताए ।

‘महाधिवेशन २०८३ सालको दशैंको सेरोफेरोमा हुन्छ, अहिले हुँदैन,’ उनले भने, ‘कांग्रेसको महाधिवेशन आजसम्म चार वर्षमा कहिल्यै भएको छैन। चार वर्षको कार्यकाल हो, एक वर्ष म्याद थप्न पाइन्छ ।’

उनले थपे, ‘अब चार वर्ष यो मंसिरमा पूरा हुन्छ। अहिलेसम्म क्रियाशील सदस्य नवीकरण टुंगिसकेको छैन। क्रियाशील सदस्य नवीकरण असोज मसान्तमा टुंग्याउने, अनि मंसिरमा कहाँको महाधिवेशन हुन्छ?’

सिटौलाले महाधिवेशन २०८३ को मंसिरभन्दा पछाडि भने लैजान नहुने बताए ।

क्रियाशील सदस्यता नै टुंगो नलागिसकेको अवस्थामा महाधिवेशन हुन सम्भव नरहेको नेता सिटौलाले तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?