+
+
Shares

१२ हजार प्रहरी पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १७:०९
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मलेन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८१/८२ मा १२ हजार २२ प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
  • प्रहरी प्रधान कार्यालयमा डीआईजी विनोद घिमिरेले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्ने नीतिअनुसार पुरस्कृत गरिएको बताए।
  • त्यसै आर्थिक वर्षमा २ हजार ७३ प्रहरी कर्मचारी कारबाहीमा परेका छन्, जसमा ९२४ जना प्रहरी जवान छन्।

११ साउन, काठमाडौं । एक वर्षको अवधिमा १२ हजारभन्दा बढी प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा १२ हजार २२ प्रहरी कर्मचारी पुरस्कृत भएका हुन् । आइतबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा प्रहरी प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले उकृष्ट काम गर्नेलाई संगठनले पुरस्कृत गर्ने नीतिअनुसार प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको बताए ।

पुरस्कृत हुनेहरूमा तीन एआईजी, १६ डीआईजी, ३५ एसएसपी, १०६ एसपी, २२९ डीएसपी, ७४० इन्स्पेक्टर छन् ।

त्यसैगरी वरिष्ठ सई ४७०, सई ७४५, असई १ हजार ४८०, वरिष्ठ हवल्दार ८३०, हवल्दार १ हजार ८३०, सहायक हवल्दार २ हजार २४२, जवान ३ हजार ३० र कार्यालय सहयोगी २६६ छन् ।

१२ हजार प्रहरी पुरस्कृत हुँदा यही आर्थिक वर्षमा २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।

यसरी कारबाही पर्नेमध्ये सबैभन्दा बढी तल्लो दर्जा प्रहरी जवान छ । २ हजार ७३ प्रहरी कारबाहीमा पर्दा प्रहरी जवानमात्रै  ९२४ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?