
११ साउन, काठमाडौं । २० वर्षपछि एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ५० वर्षीय नानिराम खरेल छन् । उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनले चलाएको बा १ ख ७१४४ नम्बरको मिनिबसले २५ भदौ २०६२ मा काठमाडौंको तिलगंगा आँखा अस्पताल अगाडि नुवाकोटका २७ वर्षीय कमल तामाङलाई ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट उनको मृत्यु समेत भएको थियो ।
त्यसपछि फरार रहेका खरेललाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4