+
+
Shares

सर्वोच्चका मुख्य रजिष्ट्रार ढकाल अवकाश

असार, २०७४ बाट सर्वोच्च अदालतमा मुख्यसचिव सरह मुख्यरजिष्ट्रार राख्ने अभ्यास भएकोमा पाँच जना मुख्यरजिष्ट्रारमध्ये ढकाल न्यायाधीश नभई अवकाश हुने पहिलो मुख्यरजिष्ट्रार हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते २०:३१

११ साउन, काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल अवकाश भएका छन् । पुस, २०८० मा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार बनेका उनी ५८ वर्षे उमेरहदबाट आईतबार अवकाश भएका हुन् ।

असार, २०७४ बाट सर्वोच्च अदालतमा मुख्यसचिव सरह मुख्यरजिष्ट्रार राख्ने अभ्यास भएकोमा पाँच जना मुख्यरजिष्ट्रारमध्ये ढकाल न्यायाधीश नभई अवकाश हुने पहिलो मुख्यरजिष्ट्रार हुन् ।

अब सर्वोच्च अदालतमा खाली भएको मुख्यरजिष्ट्रारमा मुख्य रुपमा दुई दावेदार छन् । सर्वोच्चका रजिष्ट्रारहरु विमल पौडेल र भद्रकाली पोखरेलमध्ये एक जनालाई न्यायसेवा आयोगले मुख्यरजिष्ट्रारमा सिफारिस गर्नेछ ।

सर्वोच्च अदालतको मुख्यरजिष्ट्रारमा न्यायसेवाको सरकारी वकिल, कानून समूह र न्याय प्रशासनका कर्मचारीहरु योग्य हुने भएपनि अहिलेसम्म एकपटक बाहेक न्याय प्रशासनकै कर्मचारीहरुलाई नियुक्त गर्ने अभ्यास चलेको छ ।

यसअघिका मुख्यरजिष्ट्रारहरु डा. नहकुल सुवेदी, राजनप्रसाद भट्टराई, नृपध्वज निरौला र लालबहादुर कुँवर न्यायाधीश भएर उच्च अदालतमा नियुक्त भएका थिए ।

मुख्यरजिष्ट्रारहरुमध्ये सुवेदी र निरौला सोझै उच्च अदालतको मुख्यन्यायाधीश भएका थिए भने भट्टराई र कुँवर न्यायाधीश भएर पछि मुख्यरजिष्ट्रार बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?