+
+
Shares

शंकरदेव क्याम्पसका ६० विद्यार्थीले लिए बास्केटबल प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १०:०४

१२ साउन, काठमाडौं । शंकरदेव क्याम्पसका ६० विद्यार्थीले लिए बास्केटबल प्रशिक्षण लिएका छन् । अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीले नि:शुल्क बास्केटबल प्रशिक्षण क्याम्प २०८२ आयोजना गरेको थियो ।

यही साउन ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन भएको उक्त क्याम्पमा विभिन्न उमेर समूहका छात्रछात्राहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रशिक्षक र प्रशिक्षणमा सहभागिहरूलाई आइतबार सम्मान र प्रमाणपत्र प्रदान गरिएको छ ।

एनइबिए सर्टिफाइड कोच सौरभ श्रेष्ठ र निश्चल तन्दुकारले प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षणमा ६० जना भन्दा बढी विद्यार्थीहरूले सहभागी भएर प्रत्यक्ष रूपमा लाभ लिएको अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीका सचिव युनिक लोहनीले जानकारी दिए । प्रशिक्षणले विद्यार्थीकरूको खेलकुद क्षमतामा मात्र नभएर आत्मविश्वास, अनुशासन र टीमवर्कको भावनामा समेत सकारात्मक परिवर्तन ल्याउने उनको विश्वास छ ।

उनका अनुसार ‘खेलकुद शारीरिक तन्दुरुस्तीको माध्यम मात्र होइन, युवाहरूमा अनुशासन, नेतृत्व र राष्ट्रप्रतिको जिम्मेवारी जागृत गराउने अभियान पनि हो’ भन्ने नारासहित विगतमा पनि यस्ता प्रशिक्षण गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?