+
+
Shares

उपसभामुख इन्दिरा राना चीन भ्रमण गरी स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १०:२९

१२ साउन, काठमाडौं । उपसभामुख इन्दिरा राना चीनको ६ दिने औपचारिक भ्रमण गरी स्वदेश फर्किएकी छन् । साउन ६ गते चीन भ्रमणमा गएकी उनी आइतबार राति साढे ११ बजे काठमाडौं फर्किएकी हुन् ।

उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म चीनको हेनान प्रान्तमा आयोजित सांघाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ्क’ शिखर सम्मेलनमा सहभागी भएकी थिइन् ।

सो कार्यक्रममा उनले ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गरेकी थिइन् ।

साथै हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?