+

नेपाली पारा तेक्वान्दो टोली मलेसिया जाँदै

२०८२ साउन  १२ गते १५:४० २०८२ साउन १२ गते १५:४०
नेपाली पारा तेक्वान्दो टोली मलेसिया जाँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशौं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया जाने भएको छ।
  • प्रतियोगिता जुलाइ २४ देखि अगष्ट १ सम्म सञ्चालन हुनेछ।
  • पाँच खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत प्रतिस्पर्धा गर्ने छन्।

१२ साउन, काठमाडौं । दशौं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोलीलाई मंगलबार मलेसियाको सरावक जाने भएको छ ।

जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगष्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगष्ट १ तारिखमा हुनेछ ।पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् । महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् ।

कामना र रेणुको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यतैबाट मलेसिया जाने छिन् ।

व्यवस्थापकमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । नेपालले सुरुको संस्करणदेखि नियमित रुपमा प्रतियोगितामा सहभागी हुँदै आएको छ । यो अवधिमा नेपालले १ रजत र ५ गरी ६ पदक जितेको छ । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य प्राप्त गरेका छन् । प्रतियोगितामा ४५ राष्ट्रका १ सय ५० खेलाडीको सहभागिता रहने प्रशिक्षक लामाले जनाएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपाली पारा तेक्वान्दो ‘ब्रान्ड’ का रुपमा स्थापित भइसकेको धारणा राख्दै अन्तर्राष्ट्रिय मन्चमा पारा तेक्वान्दोले हासिल गरेको उपलब्धिलाई यो टोलीले पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।

निर्देशक विष्टले पारा तेक्वान्दोमा एसिया बलियो क्षेत्र भएकाले यो प्रतियोगितामा पदक जित्न सके ओलम्पिकमा पदक जित्ने सम्भावना प्रबल हुने बताए ।

प्रशिक्षक लामाले वरीयता सुधारका लागि प्रतियोगिता महत्वपूर्ण भएकोले यो प्रतियोगिताबाट वरीयता सुधार गर्न सके ओलम्पिकमा सहभागिता सहज हुने बताए ।

पारा तेक्वान्दो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय