+

महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा

२०८२ साउन  ४ गते ११:०३ २०८२ साउन ४ गते ११:०३
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्।
  • एन्फाले वाइल्डलाई उज्बेकिस्तानमा भएको घटनाक्रमको वास्तविकताबारे जानकारी गराउन पत्र पठाएको थियो र त्यसको जवाफमा उनले राजीनामा पठाएका हुन्।
  • एसियन कप छनोटका क्रममा कप्तान चयन विवाद र टिम व्यवस्थापनसँग विवाद भएपछि वाइल्डले नेपाल नफर्कने बताएका थिए।

४ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् । वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ ।

एएफसी महिला एसियन कप छनोटका दाैरान उज्बेकिस्तानमा भएको घटनाक्रमको वास्तविकताबारे जानकारी गराउन एन्फाले वाइल्डलाई पत्र पठाएको थियो । त्यसको जवाफमा वाइल्डले राजीनामा नै पठाएका हुन् ।

एन्फा अध्यक्ष पंकज नेम्वाङ हाल बाहिर रहेकोले कोचको राजीनामाको विषयमा के गर्ने भन्ने निर्णय एन्फाले नगरिसकेको सोतले जनाएको छ । एसियन कप छनोट दाैरान कप्तान चयनको विषय विवादित बन्दा मुख्य प्रशिक्षक वाईल्ड र नेपाली टिम व्यवस्थापनबीच पनि विवाद भएको थियो ।

वाइल्डले एक अन्तर्वार्तामा एन्फा नसुध्रिए आफू नेपाल नफर्कने भन्दै उज्बेकिस्तानबाट आफ्नै देश बेल्जियम गएका थिए ।

यता नेपाली टोली स्वदेश फर्किएपछि हेड अफ डेलेगेट्स, टिम म्यानेजर र सहायक प्रशिक्षहरुले पत्रकार सम्मेलन गर्दै सबै घटनाक्रम र कप्तान चयन लगायत विषयमा मुख्य प्रशिक्षक वाइल्ड नै दोषी रहेको दावी गरेका थिए ।

एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसमाथि सहज जित निकाल्दा उज्बेकिस्तानसँग ३-३ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा चुकेर एसियन कपमा छनोट हुन सकेको थिएन

प्याट्रिक डे वाइल्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय