+

दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सरोकारवालासँग प्रधानमन्त्रीको छलफल

२०८२ साउन  १२ गते १४:१९ २०८२ साउन १२ गते १४:१९
दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सरोकारवालासँग प्रधानमन्त्रीको छलफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री निवास बालुवाटारमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्ने तयारीका लागि उच्चस्तरीय छलफल भएको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जापानमा हुने एसियन खेलकुदअघि दशौं राष्ट्रिय खेलकुद सम्पन्न गरिनुपर्नेमा जोड दिनुभएको छ।
  • छलफलमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच समन्वयात्मक काम हुनु आवश्यक रहेको र बजेट व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।

१२ साउन, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्ने तयारीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय छलफल भएको छ।

आइतबार भएको छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रतिनिधि र २२ वटा खेल संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जापानमा हुने एसियन खेलकुद प्रतियोगिताअघि नै दशौं राष्ट्रिय खेलकुद सम्पन्न गरिनुपर्नेमा जोड दिँदै, तयारीका सबै पक्षलाई गम्भीर रूपमा अघि बढाउन निर्देशन दिएका छन्।

छलफलमा प्रधानमन्त्रीले मिति घोषणा गर्नुअघि सम्भावित स्थान र सम्पूर्ण तयारीको विस्तृत अध्ययन गर्न निर्देशन दिँदै, खेलकुद मन्त्रालय र खेलकुद परिषदबीच समन्वयात्मक काम हुनु आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा सहभागीहरूले प्रतियोगिता भव्य र सफल बनाउन सबै सरोकारवालाबीच समन्वय, तयारी र बजेट व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

१०औं राष्ट्रिय खेलकुद अघिल्लो मंसिरमा आयोजना हुने भनिएपनि चैतका लागि सरेको थियो भने त्यसपछि फेरि जेठका लागि सरेपनि हुन सकेन ।

दशौं राष्ट्रिय खेलकुद

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय