+
+
Shares

समाजवादी मोर्चाको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १०:५३
फाइल तस्वीर

१३ साउन, काठमाडौं । समाजवाद मोर्चाको बैठक बस्दैछ ।

नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे मोर्चाको बैठक बस्न लागेको हो ।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार मोर्चाको बैठकमा समसामयिक राजनीति र मोर्चाको गतिविधिका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?