+
+
Shares

महिलामा फेला पर्‍यो दुर्लभ रोग, पतिको वीर्यसँग एलर्जी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १४:०१

लिथुआनियाकी २९ वर्षीया एक युवतीको स्वास्थ्य समस्याले चिकित्सा क्षेत्रमै तरंग उत्पन्न गरिदिएको छ। ती महिला र उनका पतिले लामो समयदेखि बच्चा जन्माउने योजना बनाइरहेका छन् । तर, उनमा गर्भाधारण नै भएन । त्यसपछि उनले दुईपटक टेस्टट्युब प्रविधिबाट गर्भाधारणको प्रयास गरिन् । त्यो पनि सफल भएन ।

सुरुमा डाक्टरहरुले त्यसको कारण पत्ता लगाउनै सकेनन् । तर, पछि यस्तो तथ्य पत्ता लाग्यो कि त्यसले सबैलाई तर्साइदियो ।

वास्तवमा ती महिलालाई वीर्यको एलर्जी रहेछ । त्यसलाई चिकित्सा भाषामा ‘ह्युम सिमिनल प्लाज्मा’ (एचएसपी) एलर्जी भनिन्छ । यो निकै दुर्लभ स्वास्थ्य समस्या हो र विश्वमा अहिलेसम्म केवल ८० जना महिलामा मात्र यस्तो समस्या पत्ता लागेको छ ।

आखिर यो विर्य एलर्जी के हो ? यसले महिलाको गर्भाधारणलाई कसरी प्रभाव पार्यो ? अनि यस पछाडिको विज्ञान के छ ? विस्तारमा बुझौं ।

घटना के हो ?

लिथुआनियाको ती २९ वर्षीया महिला पतिसँगको सहवाससँगै केही वर्षदेखिको अथक प्रयासका बाबजुत गर्भवती हुन असफल भइरहेकी थिइन् । त्यसपछि उनले गर्भाधारणका लागि आईभीएफको सहारा लिइन् । त्यस प्रविधिमा भ्रूणलाई प्रयोगशालामा तयार गरी महिलाको गर्भाशयमा राखिन्छ ।

उनले आईभीएफबाट गर्भ राख्ने प्रयास दुईपटक गरिन् । तर दुवै पटक असफल रह्यो । उनको जाँचका क्रममा स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुले त्यसको यकिन कारण पत्ता लगाउन सकेनन् ।

यो रोग निकै दुर्लभ छ । विश्वमा हालसम्म  केवल ८० जनामा मात्रै यस्तो समस्या देखिएको छ । तथापि विज्ञहरुले यो संख्या अधिक हुनसक्ने र धेरै मानिसहरुले लाज वा अनभिज्ञताका कारण आफ्नो समस्या लुकाएको हुनसक्ने अनुमान गरेका छन्

ती महिलालाई पहिलेदेखि नै दम तथा नाकको एलर्जी थियो । धुलो, बिरालोको रौं तथा ढुसीजस्ता चिजहरुले झनै बढाउँथ्यो । पटक पटकको गर्भाधारणमा असफलतासँगै उनलाई कतै आफ्नो एलर्जीको समस्याका कारणले पो त्यसो भएको हो कि ? भन्ने शंका लाग्यो । त्यसपछि उनी एलर्जी रोग विशेषज्ञकहाँ जाँच गराउन पुगिन् । अन्तत: त्यहीँ नै उनको जीवनको एउटा अनौठो रहस्य पत्ता लाग्यो ।

एलर्जी विज्ञले विभिन्न जाँच गरे । त्यसक्रममा केही अचम्म लाग्दा तथ्यको खुलासा भयो ।

रक्त परीक्षणका क्रममा ती महिलाको खुनमा इयोसिनोफिल्स नामक शेता रक्तकोशिकाको संख्या अत्यधिक रहेको पाइयो । ती कोशिकाहरुले शरीरलाई एलर्जीबाट बचाउने का मगर्दछन् । साथै नाकको जाँचका क्रममा इयोसिनोफिल २९ प्रतिशत पाइयो, जुन सामान्यतया ० देखि ५ प्रतिशतसम्म हुन्छ ।

छालामा एलर्जी परीक्षण गर्दा ती महिलालाई धुलो, घास, कुकुर तथा किर्नालगायतका साना किराहरुबाट एलर्जी रहेको पत्ता लाग्यो । खासगरी उनलाई Can f 5 (Canis familiaris allergen 5) नामक प्रोटिनसँग निकै धेरै एलर्जी रहेछ । उक्त प्रोटिन कुकुरको छालाको चाया तथा पिसाबमा पाइन्छ ।

उक्त प्रोटिन मानिसको वीर्यको तरल भाग अर्थात् सिमिनल प्लाज्माजस्तै हुन्छ । त्यसैगरी डाक्टरहरुले उनका पतिको वीर्यबाट ती महिलामा एलर्जी हुने नहुने कुरा पत्ता लगाउनका लागि समेत विशेष परीक्षण गरे । त्यसबाट ती महिलालाई ह्युमन सिमिनल प्लाज्मा एलर्जी अर्थात् विर्यको एलर्जी रहेको तथ्य पत्ता लाग्यो ।

Women Semen Allergy

उनले डाक्टरहरुलाई बताए अनुसार पतिसँग कण्डमविना यौन सम्पर्क गरेपछि उनलाई नाक बन्द हुने, हाछ्युँ आउने तथा यौनांगमा जलन हुने जस्ता समस्या आउने गर्दथे । तर, उनलाई यस्ता समस्या पतिको वीर्यबाट हुने एलर्जीका कारण सिर्जित भएका हुन् भन्ने थाहा थिएन ।

वास्तवमा ह्युमन सिमिनल प्लाज्मा एलर्जी एक दुर्लभ स्वास्थ्य समस्या हो । यसमा कुनै व्यक्तिको वीर्यमा रहेका प्रोटिनबाट एलर्जी हुन्छ । यो वीर्यको त्यो तरल हिस्सा हो जसले शुक्रकिटलाई प्रसार गर्दछ । यो एलर्जी महिलाहरुमा देखिने भए पनि केही पुरुषमा पनि यो समस्या हुनसक्छ । जसलाई पोस्ट अर्गेज्मिक इलनेस सिन्ड्रोम भनिन्छ ।

यो रोग निकै दुर्लभ छ । विश्वमा हालसम्म  केवल ८० जनामा मात्रै यस्तो समस्या देखिएको छ । तथापि विज्ञहरुले यो संख्या अधिक हुनसक्ने र धेरै मानिसहरुले लाज वा अनभिज्ञताका कारण आफ्नो समस्या लुकाएको हुनसक्ने अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?