+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.1)
VS
८९ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

साढे दुई महिनापछि हुम्लाको तिलगाउँमा अर्को पहिरो, हिल्सा जाने काठेपुल बगायो

हुम्लाको नाम्खा गाउँपालिका-६ को तिल गाउँमा करिब साढे दुई महिनापछि अर्को पहिरो गएको छ ।

नरजन तामाङ नरजन तामाङ
२०८२ साउन १३ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका-६ को तिल गाउँमा सोमबार राति करिब साढे दुई महिनापछि लेदोसहितको पहिरो गएको छ।
  • पहिरोले तिलागाउँको पश्चिम-दक्षिणतर्फ काठेपुल बगाएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
  • गत १ जेठमा तिल्जुङ खोलाको माथिल्लो जलाधारमा दुई हिमतालबाट पानी चुहिएर पहिरो गएको थियो।

१३ साउन, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका-६ को तिल गाउँमा करिब साढे दुई महिनापछि अर्को पहिरो गएको छ ।

सोमबार राति गएको लेदोसहितको पहिरो तिलागाउँको अर्को स्थानमा गएको स्थानीयले बताएका छन् ।

गाउँको पश्चिम दक्षिणतर्फ लेदोसहित आएको ठूलो पहिरोले हिल्सातर्फ जाने काठेपुल बगाएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।

लेदोसहितको पहिरो गाउँको उत्तर–पश्चिम तर्फबाट बग्ने स्योगान खोलाबाट आएको वडाध्यक्ष तामाङले बताए।  स्योगान खोलाको माथिल्लो तटीय क्षेत्रमा हिमतालहरू समेत रहेका छन् ।

गत १ जेठमा तिल्जुङ खोलाको माथिल्लो जलाधारमा दुई वटा हिमतालको पानी चुहिएर पहिरो गएको थियो । यसैबीच हल्जी गाउँमा पनि पहिरो गएको छ । हल्जी गाउँमाथि पनि ठूलो हिमताल रहेको छ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?