+
+
Shares

नेपालकै ठूलो अटो प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा ३५ नयाँ सवारी लन्च हुने

प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडी सार्वजनिक हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते १८:३६

१३ साउन, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजना गर्न लागिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ३५ नयाँ सवारीसाधन लन्च हुने भएका छन् ।

अटो एक्स्पो सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अटो एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले राजधानीको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने एक्स्पोमा यसपालि नयाँ प्रविधि र मोडेलहरू सार्वजनिक हुने, विद्युतीय सवारीसाधन (ईभी) देखि नवीनतम मोबिलिटी समाधान प्रदर्शनीमा राखिने जानकारी  दिए ।

प्रदर्शनीमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कमर्सियल गाडी सार्वजनिक हुने उनले बताए ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले सञ्चालन गरेको कार्यक्रममा अटो एक्स्पो समिति सदस्य गौरव शारडाले एक्स्पोको विशेषता, लक्ष्य तथा दृष्टिकोणबारे जानकारी दिए ।

एक्स्पोका मुख्य प्रायोजक संस्थाहरू एभरेस्ट बैंकका सहायक महाप्रबन्धक विष्णुप्रसाद ज्ञवाली र नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नभनित गुप्ताले आगामी दिनमा पनि प्रविधिमैत्री र दिगो यातायात प्रणाली विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

एभरेस्ट बैंक र नेसनल इन्स्योरेन्स प्रमुख प्रायोजक रहेको एक्स्पोमा टिकेटिङ पार्टनरमा खल्ती बाई आईएमई, बेभरेज पार्टनर माउन्टेन ड्यु, बृृविङ पार्टनर हिमालयन जाभा, राइड पार्टनर पठाओ, सर्भिलेन्स पार्टनर एचआईके भिजन, कनेक्टिभिटी पार्टनर वर्ल्डलिंक, हस्पिटालिटी पार्टनर सोल्टी होटल, मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटल, टेलिकम पार्टनर एन्सेल र म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन छ ।

एक्स्पोका आगन्तुकलाई प्रायोजक कम्पनीहरूले पनि विशेष व्यवस्था गरेको छ । राइड पार्टनर पठाओले प्रर्दशनी लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राइडलाई ३० प्रतिशतसम्म छुट दिने छ भने मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रर्दशनी स्थलमा चौबिसै घण्टा एम्बुलेन्स व्यवस्थापन सहित आकस्मिक तथा सामान्य चिकित्सा सेवा प्रदान गर्ने छ।

यस बाहेक नाइमाले एक्स्पो लक्षित गरी अनलाइन प्रतियोगिता पनि सार्वजनिक गरेको छ । प्रतियोगितामा २१ साउनसम्म नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई १ लाख र २१ देखि २५ साउनसम्म अपलोड भएका १० उत्कृष्ट भिडियो प्रत्येकलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

कार्यक्रम समापन गर्र्दै नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले सबैलाई धन्यवाद दिँदै ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ नेपालकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने बताइन् ।

यसका साथै एक्स्पोमा पाँचौं दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको सहभागिता रहने प्यानल डिस्कसनबारे पनि जानकारी दिइन् ।

प्रर्दशनीको पहिलो दिन अनिलकेशरी शाहले २ देखि ५ बजे सम्म ‘मोबिलिटी हिजो, आज र भोलि’ विषयमा ज्ञानवर्द्धक सत्र सञ्चालन गर्नेछन् भने अरू दिनका सत्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेसन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका दक्ष तथा विज्ञ व्यक्तित्व उपस्थिति छ ।

एक्स्पो २१ देखि २५ साउनसम्म आयोजना हुनेछ । जहाँ ५० भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् । एक्स्पोको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । एक्स्पोमा बिक्री भएका टिकटको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सहकार्यमा विद्यार्थीलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोसिप प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?