+
+
Shares

गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

विदेशबाट फर्किएर सन्तोष धितालले ९ वर्ष लगाएर निर्माण गरेको आकर्षक रिसोर्ट डेढ वर्ष अगाडि मात्रै सञ्चालनमा आएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १०:५९

१४ साउन, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. ११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ । पाँच सय जना अट्ने रिसोर्टको मुख्य हल तथा रिसेप्सनमा आगो लागेको हो । आगलागीबाट मुख्य भवन जलेर क्षति भएको छ ।

काठैकाठबाट बनेको रिसोर्टमा विद्युत सट भएर आगो सल्किएको हुनसक्ने अनुमान छ । आगो लागेपछि कावासोती नगरपालिका र भरतपुर महानगरबाट खटिएका दमकल, प्रहरी र स्थानीयवासीहरूको  सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको एकिन विवरण संकलनको काम हुँदैछ ।

‘र्‍याम्ड अर्थ’ प्रविधि प्रयोग गरी निर्माण गरिएको रिसोर्टका सञ्चालक सन्तोष धिताल हुन् । विदेशबाट फर्किएर आएका धितालले ९ वर्ष लगाएर निर्माण गरेको आकर्षक रिसोर्ट डेढ वर्ष अगाडि मात्रै सञ्चालनमा आएको थियो ।

टायल वा मार्बलको प्रयोग नगरी निर्माण गरिएको रिसोर्टमा काठैकाठका भिल्लाहरु छन् । रिसोर्टमा काठबाट बनेका काईट हाउस, कार्ट हाउसहरु छन् ।

आगलागी हुनुभन्दा अगाडि रिसोर्टको मुख्य हल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?