+
+
Shares

मुन्द्रेले ल्याए गाईजात्रा प्रस्तुति ‘व्यर्थ मन्त्रीको बजेट भाषण’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार जितु नेपालले गाईजात्राको अवसरमा 'मुन्द्रेको हाँस्यव्यंग्य सामाग्री २०८२' को पहिलो भाग 'गाईजात्रे बजेट भाषण' युट्युब च्यानलमा सार्वजनिक गरेका छन्।
  • जितुले यस वर्षको व्यंग्यको केन्द्रमा राजनीतिलाई राखेका छन् र चार भागमा फरक–फरक विषयमा हाँस्य प्रस्तुत गर्ने बताए।
  • उनले फिल्म 'परालको आगो' छाडेको र 'कार्की साइँला' छायांकन रोकिएको तर छाडेको नभएको खुलाए।

काठमाडौं । कलाकार जितु नेपालले गाईजात्राको अवसरमा हाँस्य प्रस्तुति ‘मुन्द्रेको हाँस्यव्यंग्य सामाग्री २०८२’ ल्याएका छन् ।

पहिलो भाग ‘गाईजात्रे बजेट भाषण’ मंगलबार नेपालको आफ्नै युट्युब च्यानल ‘जितु कमेडी’, टिकटक र रिल्समा सार्वजनिक गरिएको छ ।

उक्त ‘व्यर्थ मन्त्रीको बजेट भाषण’मा संसद् भवनभित्र सभामुख, मन्त्री र सांसदको संवादमार्फत व्यंग्य गरिएको छ । चार भिन्न भागका गाईजात्रे कोसेली ४/४ दिनको फरकमा आउने उनले बताए ।

उनले यसवर्षको व्यंग्यको केन्द्रमा राजनीतिलाई राखेका छन् । पहिलो भागमा बजेट प्रस्तुत गर्ने मन्त्रीलाई कटाक्ष गरेका उनले अन्य भागमा राजनीतिबाट सन्यास लिने नेतालाई पनि कटाक्ष गर्ने भएका छन् ।

‘अर्को माताजस्तै महाराजतिर, मन्त्रीको हरिबिजोग र गरुण पुराण पनि प्रहसनका विषय छन्’ उनले भने ।

गाईजात्रा हाँस्यव्यंग्यको पर्व भएको कारणले पनि यसलाई जोगाइराख्न आफूले कमेडी सामाग्री सार्वजनिक गरेको नेपालले बताए । यसअघि उनले लामो समय स्टेजमार्फत गाईजात्रा पस्किँदै आएका थिए ।

तर, दर्शकको हेर्ने माध्यम भिन्न भएकाले संस्कृतिलाई प्रवर्धन गर्न युट्युबजस्ता डिजिटल माध्यममा कन्टेन्ट ल्याएको उनको भनाई छ । तर, स्टेजमा जस्तो दर्शकसँग प्रत्यक्ष अन्तक्रिया डिजिटल माध्यममा नहुने भएकाले स्टेजमा जस्तो मजा नहुने उनले बताए ।

‘हामीले भ्यूज र कमेन्टको आधारमै दर्शकसँग डिजिटल माध्यमबाट अन्तक्रिया गरिरहेका छौं’ उनले भने ।

फिल्मतिरको कुरा गर्दा, जितुले ‘परालको आगो’ आफूले छाडेको बताए । दशैंमा छायांकन गर्नुपर्ने भएकाले आफूले नभ्याउने उनको भनाइ छ । अर्को फिल्म ‘कार्की साइँला’ भने नछाडेको उनले बताए ।

‘छायांकन गर्नुपर्ने अरुण खोलामा बाढी आएकाले तत्काले छायांकन रोकिएको मात्र हो । मिडियामा आएका हल्लामा सत्यता छैन’ उनले भने ।

उनले दीपकराज गिरीसँगको फिल्म ‘पाँच पाण्डव’को पटकथा लेखनमा काम भैरहेको बताए । यसबाहेक, ‘मुन्द्रेको कमेडी क्लब’को चौंथो सिजन पनि ल्याउने तयारी भैरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?