+
+
Shares

अनिल सिंह र म्युजिक डटकमबीच सहमति : अडियो राइट अनिलको हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पपगायक अनिल सिंह र म्युजिक डटकमबीच दुई एल्बमका गीतको अडियो राइट सिंहकै र भिडियो राइट म्युजिक डटकमको हुने सहमति जुटेको छ।
  • म्युजिक डटकमले २३ वर्षअघि किनेका गीतका राइट केही दिनअघि सिंहलाई डिजिटलरुपमा फिर्ता गरिसकेको छ।
  • नेपाल संगीत उद्योग संघ र प्रस्तोता समाजको रोहवरमा मंगलबार सहमति भएको र प्रस्तोता समाजका उपाध्यक्ष निर्णय श्रेष्ठले पुष्टि गर्नुभएको छ।

काठमाडौं । पपगायक अनिल सिंह र संगीत उत्पादन तथा वितरण कम्पनी म्युजिक डटकमबीच सहमति जुटेको छ ।

सहमतिअनुसार सिंहका दुई एल्बम ‘मेगाहर्ज’ र ‘लिमिटेड एडिसन’मा संग्रहित गीतको अडियो राइट सिंहकै हुनेछ । यी गीतको अडियो भिजुअल (भिडियो) राइट म्युजिक डटकमको हुनेछ ।

२३ वर्षअघि म्युजिक डटकमले यी दुई एल्बमको राइट किनेको थियो । केही दिनअघि म्युजिक डटकमले सिंहलाई उनका २२ गीतलाई डिजिटलरुपमा फिर्ता गरिसकेको छ ।

मंगलबार बेलुका नेपाल संगीत उद्योग संघ र प्रस्तोता समाजको रोहवरमा सहमति जुटेको म्युजिक डटमका प्रमुख राजेश वंशलले अनलाइनखबरलाई जानकारी दिए ।

रोहवरमध्येका एक प्रस्तोता समाजका उपाध्यक्ष निर्णय श्रेष्ठले पनि सहमतिको पुष्टि गरे । अन्य संगीतकर्मीलाई पनि यस्तो समस्या आउन नदिने वातावरण बनाउन आफूहरू लागेको श्रेष्ठले बताए ।

केही दिनअघि म्युजिक नेपाल र म्युजिक डटकमप्रति आक्रोशित हुँदै अनिलले सामाजिक संजालमा चेतावनीपूर्ण भिडियो हालेका थिए । त्यसको केही दिनपछि द्धिपक्षीय सहमति जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?