
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ र कुल ११४.५३ किलोमिटर सडकमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्र भइसकेको छ।
- दाउन्ने क्षेत्रको १३ किलोमिटर सडकमा अहिले पनि समस्या छ र पानी परेको समयमा सवारीसाधन चिप्लिँदा यात्रा प्रभावित हुने गरेको छ।
- आयोजनाले दाउन्ने खण्ड यसै हिउँदसम्म सक्ने लक्ष्य राखेको छ र त्यसपछि यो खण्डको यात्रा सहज हुने अपेक्षा छ।
१४ साउन, काठमाडौं । नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।
आयोजनाले बुधबार यस्तो जानकारी गराए पनि यो आयोजनाको काम सुस्त गतिमा अगाडि बढ्दा सरकारको समेत चर्को आलोचना हुँदै आएको छ ।
कुल ११४.५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्र भएसँगै यात्रा सहज भइसकेको आयोजनाले जनाएको छ ।
दाउन्ने क्षेत्रको १३ किलोमिटर सडकमा भने अहिले पनि सास्ती छ । खासगरी पानी परेको समयमा सवारीसाधन चिप्लिँदा यात्रा प्रभावित हुने गरेको छ ।
आयोजनाका अनुसार दाउन्ने खण्डसमेत यसै हिउँदसम्म सक्ने लक्ष्य छ । त्यसपछि यो खण्डको यात्रा सहज हुने अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4