
१४ साउन, काठमाडौं । १२ करोड रुपैयाँ भन्दा बढी ठगीका एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–५ घर भएका ४२ वर्षीय सविन उप्रेती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनी सहकारी ऐनअन्तर्गतको ठगीका अभियुक्त रहेको प्रहरीले बताएको छ । उनले १२ करोड २ लाख ३४० रुपैयाँ ठगी गरेको प्रहरीले बताए ।
उनी भक्तपुरको दधिकोटबाट पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4