
News Summary
Generated by OK AI. Editorially reviewed.- ब्लु डायमन्ड सोसाइटीमा भ्रष्टाचार बढेको भन्दै सदस्यहरुले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीको नाममा रकम अनियमितता भएको आरोप लगाएका छन्।
- सदस्यहरुले संस्थाको जग्गा हिनामिना गरेको आरोप लगाउँदै तत्काल साधारण सभा बोलाएर नयाँ कार्यसमिति चयन गर्न माग गरेका छन्।
- धुम्बाराही र लाजिम्पाटस्थित भवन समुदायका लागि खुला गर्न र नक्कली समुदायलाई निकाला गर्न प्रदर्शनमा नारा लगाइएको छ।
१४ साउन, काठमाडौं । ब्लु डायमन्ड सोसाइटी (नील हिरा समाज) मा भ्रष्टाचार बढेको भन्दै सदस्यहरुले प्रश्न उठाएका छन् ।
बुधबार धुम्बाराहीस्थित कार्यालय पुगेका सोसाइटीका सदस्यहरुले संस्थाका नेतृत्वकर्ताहरुले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीका नाममा रकम अनियमितता गरी अपचलन गरेको भन्दै विरोध जनाएका हुन् ।
सक्कली तेस्रोलिङ्गीका नाममा नक्कलीहरुले लाभ लिएको उनीहरुको आरोप छ ।
संस्थाको जग्गा समेत हिनामिना गरेको आरोप लगाउँदै उनीहरुले तत्काल साधारण सभा बोलाएर नयाँ कार्यासमिति चयन गर्न माग गरेका छन् ।
‘गाडी र सम्पत्ति विवरण सार्वजनिक गर, नक्कली समुदायलाई निकाला गर, धुम्बाराही र लाजिम्पाटस्थित भवनहरु समुदायका लागि तत्काल खुला गर, विदेश पठाउनेहरु भन्दै समुदायका सदस्यहरुसँग पैसा उठाउन बन्द गर’, जस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4