+
+
Shares

रास्वपाले भ्रष्टाचारविरुद्ध सदन र सडकमा सँगसँगै आन्दोलन गर्ने

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै  प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई सदनसँगै  सडकसम्म पुराएर फराकिलो बनाउने निर्णय भएको बताए ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ साउन १४ गते १८:५३

१४ साउन,बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा प्रकरण सहित  भ्रष्टाचारविरुद्ध सदनसँगै सडक आन्दोलन गर्ने भएको छ ।

रुपन्देहीको भैरहवामा आज दिउसो बसेको संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र त्यो सँग सम्बन्धित भ्रष्टाचार र बेतिथिविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै  प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई सदनसँगै  सडकसम्म पुराएर फराकिलो बनाउने निर्णय भएको बताए ।

भूमिसम्बन्धी विधेयक, निजामती विधेयक लगायतमा सरकारले सार्वभौम संसद्लाई नै आक्रमण गरेको संददीय दलको वैठकले ठहर गरेको र यसविरुद्ध समितिमा सशक्त भएर आवाज उठाउन संसदीय दलले निर्देशन गरेको परियारले जानकारी दिए ।

यस्तै, सर्वोच्च अदालतले प्रवासी नेपालीहरुलाई चुनावमा मताधिकार दिने व्यवस्था गरेकोमा त्यसको कार्यान्वनको लागि सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको परियारले बताए ।

त्यस्तै, गौतमबुद्ध विमानस्थलबाट अन्तराष्ट्रिय उडान नहुँदा रुपन्देहीको पर्यटन व्यवसायमा परेको असर, खडेरीले किसानलाई परेको मर्का, प्रवासी नेपालीलाई रास्वपासँग जोड्ने पार्टीका सांसदको भूमिका, लगायत विषयमा छलफल भएको उनले जानकारी दिए ।

रास्वपा नेता र सांसदहरू रुपन्देहीमा पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सहभागी हुने र रुपन्देही ३ को आसन्न उपनिर्वाचनका विषयमा समेत स्थानीय पार्टी नेताहरूसँग छलफल गर्ने छन् ।

रास्वपा नेता र सांसदहरू भोलिसम्म रुपन्देहीमा रहने र भोलि सांझ काठमाडौं फर्कनेछन् ।

रुपन्देही आगमनका क्रममा पार्टी उपसभापति डीपी अर्याल र सोविता गौतमले सहकारी ठगी प्रकरणमा थुनामा रहेका पार्टी सभापति रवि लामिछानेलाई छुट्टाछुट्टै भेट गरेका छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?