
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन विधेयकमा सहमति जुटाउन बैंकर र बैंक अध्यक्षसँग छलफल गरेको छ।
- केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति, वित्तीय क्षेत्र विकास रणनीति र बाफिया विधेयक विषयमा बैंक अध्यक्षहरूसँग छलफल गरेको छ।
- बैंकर र बैंक अध्यक्षबीचको विवाद मिलाउन र मौद्रिक नीतिको तयारीबारे जानकारी लिन केन्द्रीय बैंकले छलफल गरेको छ।
१४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन एकपछि अर्को छलफल गरेको छ । केन्द्रीय बैंकले बैंकरपछि बैंकका अध्यक्षसँग छलफल गरेको हो ।
केन्द्रीय बैंकले मंगलबार बैंकसँग छलफल गरेको विषयमा बुधबार अध्यक्षसँग छलफल गरेको हो । केन्द्रीय बैंक अधिकारी र बैंकका अध्यक्षहरूबीच बुधबार चालु आर्थिक वर्षको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति एवं बाफिया विधेयक लगायत विषयमा छलफल भएको हो ।
बैंकर र व्यवसायी छुट्याउने विषयले बैंकिङ क्षेत्र तरंगित भएको छ । सोही विषयलाई लिएर बैंकका अध्यक्षहरूले पनि विरोध गरेको अवस्था छ । त्यसलाई मिलनबिन्दु पहिचानका लागि केन्द्रीय बैंकले बैंकर र अध्यक्षहरूसँग छलफल गरेको हो ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको खुकुलो मौद्रिक नीतिको व्यवस्थाप्रति अध्यक्षहरूले बुझाएको विषयमा पनि जानकारी लिएको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
केन्द्रीय बैंकले अर्थतन्त्र चलायमान बनाउन सम्पत्तिको मूल्य बढाउने गरी चालु आवको मौद्रिक नीति ल्याएको छ । केन्द्रीय बैंकको सम्पत्तिको मूल्य बढाउन नीति अल्पकालीन हो ।
यसमा बैंकर र बैंक सञ्चालक समितिले कस्तो तयारी गरेको छ भन्ने जानकारीका लागि पनि छलफल गरेको उनको भनाइ छ ।
प्रतिक्रिया 4