
News Summary
Generated by OK AI. Editorially reviewed.- दरमखोला हाइड्रो इनर्जीले १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारणका लागि आईपीओमा खुलाएको छ।
- आईपीओमा न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ र आवेदन साउन १९ गतेसम्म खुला रहनेछ।
- कम्पनीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ जसको कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ अनुमान गरिएको छ।
१५ साउन, काठमाडौं । आम सर्वसाधारणका लागि दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुलेको छ । आज बिहीबारदेखि सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावितलाई बाँडफाँटपछि २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।
न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीको आईपीओ खुलेको हो । आईपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।
अपरिस्कृत वित्तीय विवरणअनुसार गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा छ भने प्रतिसेयर आम्दानी ३८ पैसा ऋणात्मक छ ।
कम्पनीले बागलुङको गलकोटमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाको कुल लागत २ अर्ब ३८ करोड अनुमान गरिएको छ । प्रतिमेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ छ ।
प्रतिक्रिया 4