+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

फिल्म ‘रियाल रिङ्गेट’को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'रियाल रिंगेट'लाई नयाँ बानेश्वरस्थित आइएनआईको हलमा भव्य प्रिमियर गरिएको छ।
  • फिल्मले खाडी मुलुकमा रोजगारी खोज्दा नेपालीले भोगेका पीडा र संघर्षलाई प्रस्तुत गरेको छ।
  • निर्देशक विभोर पोखरेलले इराकमा १२ नेपालीको हत्या घटनालाई यथार्थपरक दृश्यमा देखाएको बताइएको छ।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘रियाल रिंगेट’लाई भव्य प्रिमियर गरिएको छ । नयाँ बानेश्वरस्थित आइएनआईको हलमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रका व्यक्तिको बाक्लो सहभागिता रह्यो ।

फिल्मले रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीको पीडा र संघर्षलाई प्रस्तुत गरेको छ । निर्देशक विभोर पोखरेलले ज्वलन्त विषयवस्तुलाई पर्दामार्फत चित्रण प्रयत्न गरेका छन् ।

प्रिमियरमा उपस्थित दर्शकले फिल्म हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए । फिल्मले इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटना सम्झाउने गरी यथार्थपरक र सशक्त दृश्य पस्किएको कतिपय दृश्यको भनाई थियो ।

अभिनेता मदनकृष्ण श्रेष्ठ फिल्म हेरेपछि भावुक सुनिए । ‘यो चलचित्र हेर्दा देश दुख्ने रहेछ । इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकलाई देखाउन सकेको थिइँन’ उनले भने, ‘रियाल रिङ्गेट’ हेर्दा त्यो दिन सम्झिएँ ।’

गायक प्रेमराजा महतले फिल्मको प्रशंसा गर्दै भने, ‘धेरैपछि यसरी कुनै नेपाली चलचित्र हेरेँ । कथा, अभिनय, सङ्गीत सबै उत्कृष्ट छन् । राजनीतिज्ञहरूले पनि यो चलचित्र हेर्नुपर्छ ।’

गगनलाल प्रधानको निर्माण रहेको फिल्ममा प्रमोद चौलागाईं र नीता ढुंगाना शीर्ष भूमिकामा छन् । छुल्ठिमडोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई लगायत सहायक भूमिकामा छन् ।

प्रदीप भारद्वाजको पटकथा छ । छायाङ्कन चितवन, काठमाडौं, लेटाङसहित भारतको राजस्थानमा गरिएको छ ।

फिल्मको अग्रिम टिकट बुकिङ पनि सुरु भइसकेको छ । क्युएफएक्स, आइएनआईसहितका हलमा फिल्मले सय हाराहारीमा शो प्राप्त गरेको वितरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?