+
+
Shares

निगुरोको भाउ बढ्यो, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १३:३५

१५ साउन, काठमाडौं । स्थानीय बजारमा निगुरोको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बिहीबार निगुरोको भाउ बढेको हो ।

निगुरोको भाउ आज थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । बुधबार निगुरोको भाउ थोकमा प्रतिकिलो न्यूनतम ७० देखि अधिकतम ८० रुपैयाँमा किनबेच भएको थियो । आज बिहीबार भने यसको भाउ किलोमा न्यूनतम ८० देखि अधिकतम ९० रुपैयाँ कायम छ ।

असार पहिलो साता बजारमा निगुरो प्रतिकिलो थोकमा २० देखि ३० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै २२ असार भने निगुरो थोकमा प्रतिकिलो ८० देखि १ सय रुपैयाँमा किनबेच भएको थियो । बीचमा २० देखि ३० रुपैयाँसम्म निगुरोको मूल्य घटेकामा अहिले फेरि बढ्न थालेको हो ।

अहिले निगुरोको सिजन सकिएकाले मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?