
News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्लीका तीन बालक २५ जुलाईमा सलमान खानलाई भेट्न मुम्बई जानका लागि घरबाट निस्किएका थिए।
- प्रहरीले २९ जुलाईमा नाशिकको रेलवे स्टेशनमा ती बालकहरूलाई सकुशल फेला पारेको थियो।
- बालकहरूले जालनाका वाहिदसँग अनलाइन सम्पर्क गरी सलमान खानलाई भेट्ने योजना बनाएका थिए।
घटना हालैको हो । भारतको हो ।
जुलाई २५ का दिन आफ्नो प्रिय अभिनेता सलमान खानलाई भेट्न एउटै स्कुलमा पढ्ने दिल्लीका तीन जना बालक घरबाट एकाएक निस्कन्छन् । ९, ११ र १३ वर्षीय तीन बालक कसैलाई नभनी मुम्बईका लागि हिँडे ।
यता एकाएक बच्चाहरू हराएपछि अभिभावकहरूले प्रहरीलाई तुरुन्तै सम्पर्क गरे । तत्कालै खोज तलास भयो। अहिले उनीहरूलाई प्रहरीले सकुशल फेला पारिसकेको छ । घरबाट हिँडेको चार दिनपछि २९ जुलाईका दिन महाराष्ट्रको नाशिकस्थित एउटा रेलवे स्टेशनमा उनीहरू भेटिएका थिए ।
प्रहरीका अनुसार उनीहरूले महाराष्ट्रको जालना जिल्लाका वाहिद नामक एक व्यक्तिसँग अनलाइन सम्पर्क गरेका थिए । वाहिदले आफूले एक पटक ती स्टारलाई भेटेको र उनीहरूसँग पनि भेट गराइदिन सक्ने दाबी गरेका थिए ।
त्यहीँ अनुसार आफ्ना आमाबुबा वा अरू कसैलाई जानकारी नदिई ती तीन बालक सलमान खानलाई भेट्न मुम्बई जाने योजनाका साथ निस्केका थिए । तर बालकहरू हराएको खबर तुरुन्त फैलियो ।
त्यसमाथि वाहिदले बच्चाहरूको परिवार र प्रहरीले उनीहरूलाई खोजिरहेको थाहा पाएपछि योजना रद्द गरे । त्यसपछि नाशिकको एउटा रेलवे स्टेशनमा उनीहरू ओर्लिए । त्यहीँ नै उनीहरूलाई प्रहरीले फेला पारेको थियो ।
प्रहरीले कसरी फेला पार्यो ?
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले हराइरहेका बालकहरूमध्ये एकको घरमा हातले लेखिएको एउटा चिठी फेला पारेको थियो । त्यसमा जालनाका वाहिद नामक व्यक्तिलाई भेट्ने उल्लेख थियो ।
त्यस्तै उनीहरूको घर नजिकैको क्षेत्रबाट प्राप्त सीसीटीभी क्यामेरा फुटेजले बालकहरू अजमेरी गेटतर्फ गइरहेको देखाएको थियो । त्यसो हुँदा उनीहरूले नयाँ दिल्ली रेलवे स्टेशनबाट रेल चढेको हुन सक्ने देखायो । त्यसकैको आधारमा रेल मार्गहरूको विश्लेषण गरेपछि प्रहरीले ती बालकहरू महाराष्ट्र जाने सचखन्ड एक्सप्रेस चढेको आशंका गर्यो।
यसपछि दिल्ली प्रहरीले रेलवे प्रहरी र जालनाका आफ्ना समकक्षीहरूसँग समन्वय गरी तत्कालै धेरै स्थानहरूमा टोलीहरू खटायो । सोही क्रममा बालकहरू फेला परेका थिए ।
प्रतिक्रिया 4